Saturday, 10, July, 2021

कोरोना कहरमा ओम समाज डेन्टल हस्पिटलको यस्तो छ सामाजिक महाअभियान

काठमाडौं,  विश्व नै कोभिड–१९ को महामारीको कहरले असुरक्षित रहेको अवस्था छ । कोरोना कै कारण धेरैको असामयिक मृत्यु भईसकेको छ । त्यसैले थप दुर्घटना नहोस् भनेर महामारीका विरुद्ध यसबेला हरेक नागरिकले आ–आफ्नो तर्फबाट जे सकिन्छ त्यो मदत गर्न जरुरी छ । जनसंख्याको तुलनामा अस्पताल, चिकित्सक, स्वास्थकर्मी र स्वास्थ उपकरण अत्यन्त न्यून भएको हाम्रो जस्तो देशमा कोभिड–१९ जस्तो महामारी विरुद्ध लड्न सरकारले मात्र सक्दैन । नागरिक तहबाट पनि पहल हुनु जरुरी भएकोतर्फ यतिबेला एक अस्पताल लागिपरेको छ । जसमा ओम समाज डेन्टल हस्पिटलको नाम अग्रपंतीमा आउने गर्दछ ।

कोरोना कहरले आक्रान्त पारेको अवस्थामा ओम समाज डेन्टल हस्पिटलले गरिब र विपन्न बिरामीको निशुल्क उपचारदेखि राहत र परामर्शको कार्यक्रम आयोजना गरेको छ । विगतमा पनि सामाजिक कार्यमा सक्रिय रहने अस्पतालले हालको यो समयमा पनि निःशुल्क प्राथमिक उपचार, परामर्श तथा निःशुल्क एम्बुलेन्स सेवा संचालनसहित मेची महाकाली अभियान नै शुरु गरेको छ ।


“अहिले हामीले सहयोगको लागि दिएको थोरै समयले एक जनाको ज्यान बच्न सक्छ । यसै बोधले हामीले निःशुल्क प्राथमिक उपचार, परामर्श तथा निःशुल्क एम्बुलेन्स सेवा संचालन गरेका हौँ ।” ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष सुबास घिमिरेले भने — “अहिले बिरामीहरूले समयमा अस्पताल पुग्न एम्बुलेन्स पाउनै सकस छ । अस्पताल पुगे पनि बेड पाउन सकस छ । बेड पाए अक्सिजन, आइसीयु तथा भेन्टिलेटर पाउन सकस छ । आर्थिक अवस्था कमजोर हुने बिरामीलाई झनै सकस छ । यस परिस्थितिलाई मनन गर्दै हामीले कोभिड १९ विरुद्ध निस्शुल्क सेबा अभियान सुरु गरेका हौँ, हाम्रो उद्देश्य बिरामीलाई तपाईं एक्लो हुनुहुन्न, नआत्तिनु होस् हामी तपाईंको साथमा छौ भन्नु र साथ, सेवा प्रदान गर्नु हो ।”

अघिल्लो साल (२०७६ साल चैत्रबाट) को लकडाउन अवधिभर ओम समाज डेन्टल हस्पिटलले अशक्त, वृद्धवृद्धा र अस्पताल आउन सम्भव नहुने स्थितिका रोगी छन् त्यस्ता वर्गलाई लक्षित गर्दै तिनका घर–घरमा गई नि ःशुल्क दन्त सेवा प्रदान गरेको थियो । बिरामीलाई तपाईं एक्लो हुनुहुन्न, नआत्तिनु होस् हामी तपाईंको साथमा छौ भन्नु र साथ, सेवा प्रदान गर्नु नै अस्पतालको उद्देश्य रहेको डा. घिमिरेको भनाई छ ।

 

यसपालिको लकडाउनमा ओम समाज डेन्टल हस्पिटलको ए्म्बुलेन्स सेवा तथा निशुल्क प्राथमिक उपचार तथा परामर्श अभियानमा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको अध्यक्षतामा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, क्याप्टेन विजय लामा, शिक्षाविद् कर्ण बहादुर शाही, अधिवक्ता संजय राज अधिकारी, कलाकार निखिल उप्रेती, केदार घिमिरे, बिराज समाज (दिनेशकुमार मगर), रामहरी शर्मा, देवेन्द्र प्रधान लगायतको साथ रहेको थियो । अभियानमार्फत् गरिब, दुःखी, निमुखा र असहाय बिरामीलाई निःशुल्क एम्बुलेन्स, अक्सिजन, बेड र खाना उपलब्ध गराईदै आएको ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष घिमिरेले जानकारी दिए ।

ओम समाज डेन्टल हस्पिटलको एउटा एम्बुलेन्सबाट काठमाण्डौं उपत्यकामा सुरु भएको सेवा अभियान ओम समाजकै चिकित्सकको निजी सवारी साधनलाई समेत एम्बुलेन्स बनाई सेवा बिस्तार गर्दै अहिले देशभरि सेवा विस्तार गर्ने योजनामा लागिपरेको छ । यस अन्तर्गत पोखरामा सेवा विस्तार भइसकेको छ भने अन्यत्र पनि यो सेवा विस्तारित भएको अझै देशव्यापी रूपमा निःशुल्क सेवा विस्तार गर्ने योजना हस्पिटलको रहेको छ ।

ओम समाज डेन्टल हस्पिटलको केन्द्रिय अस्पताल काठमाडौंको चावहिल गोपिकृष्ण हलसंगै रहेको छ भने काठमाडौंको नैकाप एवं महोत्तरीको बर्दिबासमा पनि अस्पताले दाँतसम्बन्धि सम्पूर्ण समस्याको उपचारसेवा दिईरहेको छ ।