Thursday, 10, June, 2021

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग दुई घण्टा भेटवार्ता गरेका छन् ।

बुधबार राति शितलनिवासमा दुवै जनाबीच विविध विषयमा छलफल भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो ।

पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले मुलुकको पछिल्लो रानीतिक अवस्थाका बारेमा छलफल गरेको बताइएको छ ।