Wednesday, 09, June, 2021

यी हुन् एकैपटक १० बच्चा जन्माउने महिला

काठमाडौं, दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएर विश्व रेकर्ड राखेकी छन् ।

३७ वर्षीया गोसियामे थमराले जन्माएका १० बच्चामा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेके बीबीसीले उल्लेख गरेको छ ।