Saturday, 10, July, 2021

फ्रान्समा राष्ट्रपतिलाई थप्पड

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई सर्वाजनिक स्थानमा एक युवकले थप्पड हानेका छन् ।

मंगलबार फ्रान्सको दक्षिण पूर्वी क्षेत्रको भ्रमणमा रहेका बेला राष्ट्रपति म्याक्रोँले सर्वसाधारणसँग कुराकानी गर्ने क्रममा थप्पडको सामना गर्नु परेको हो । भिडमा रहेका एक व्यक्तिले म्याक्रोँको गालामा थप्पड हानेका हुन् ।

घटना फ्रान्सको ड्रोम क्षेत्रको ताइन–आइ’हर्मितेग गाउँमा भएको हो । राष्ट्रपति म्याक्रोँ ती व्यक्तिसँग कुरा गर्ने क्रममा थिए ।

म्याक्रोँले ती युवाको एक हातको पाखुरामा समातेका थिए । अर्को हातले ती युवाले म्याक्रोँको दुवै गालामा थप्पड हिर्काएका हुन् ।

सुरक्षाकर्मीले ती व्यक्तिलाई लगत्तै पक्राउ गरेको बताइएको छ ।