Tuesday, 08, June, 2021

पाकिस्तानमा रेल दुर्घटनामा ३० को मृत्यु

एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

आज बिहान भएको सो ५० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

कराँचीबाट सरगोधाका लागि छुटेको मिल्लत एक्सप्रेसको रेल र रावलपिण्डीबाट कराँचीका लागि छुटेको सर सैयद एक्सप्रेसको रेल आसपमा ठोक्किएका हुन्।

रेलका केही डिब्बा भिरबाट खसेका थिए । दुर्घटनापछि सो मार्गमा रेल सेवा बन्द भएको छ । दुर्घटनास्थलमा फसेका यात्रुको उद्धारको काम भइरहको बताइएको छ ।