Saturday, 25, September, 2021

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको सिरिज स्पेनमा हुने

काठमाडौँ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको सिरिज स्पेनमा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानका सचिव अशोकनाथ प्याकुरेलले सिरिज स्पेनमा हुने भएको र यसको मिति केही दिनमै आईसीसीले टुङ्गो लगाउने जानकारी दिए ।

त्रिदेशीय प्रतियोगिता जुलाईको दोस्रो हप्तातिर हुने सम्भावना छ । स्कटल्यान्डमा हुने तालिका रहेको विश्वकप लिग–२ कोरोनाको महामारीपछि लगाइएको यात्रा प्रतिबन्धका कारण प्रभावित भएको थियो ।

अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएईले नौ सिरिज खेल्ने तालिका थियो । हालसम्म नेपालले एउटा मात्र सिरिज खेलेको छ ।