Wednesday, 09, June, 2021

पछिल्लो २४ घन्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण, ७५ को मृत्यु

काठमाडौं, पछिल्लो २४ घन्टामा थप ६ हजार ८२५ जनामा कोरोना भाइरस कोभिड (१९० संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गराएका २१ हजार ७७३ नमूना परीक्षणमा ६ हजार ८२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८ हजार ५६२ पीसीआर र ३ हजार २११ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा सो संख्यामा भाइरस संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७५ जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको छ। मन्त्रालयका अनुसार बिहीबार ५ हजार ९०४ जना कोरोनामुक्त भएका छन् । हाल १ लाख १८ हजार ३९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।