Tuesday, 08, June, 2021

युवा नेता एवं समाजसेवी सेढांइद्धारा त्रिशूली अस्पताललाई दैनिक ५ सिलिण्डर अक्सिजन प्रदान

नुवाकोट, युवा नेता एवं समाजसेवी प्रदिपकुमार सेढांइद्धारा त्रिशूली अस्पताललाई दैनिक ५ सिलिण्डर अक्सिजन प्रदान गर्दै आएका छन् । नेपाली कांग्रेस बिदुर नगरपलिका काठमाडौ सम्पर्क समितिका सभापति एवं ‘हाम्रो अक्सिजन उद्योग  प्रा.ली ककनीका निर्वतमान अध्यक्ष प्रदिपकुमार सेढांइले आफ्नो व्यक्तिगत सहयोगमा नुवाकोटको त्रिशूली अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि दैीनक रुपमा अक्सिजन सिलिण्डर दिदै आएका हुन् ।

अक्सिजन अभावमा कोरोना संक्रमित बिरामी मृत्यको मुखमा परिरहेको अवस्थामा बिरामीको उपचारको लागि दैनिक ५ सिलिण्डर अक्सिजन उपलब्ध गराउने प्रतिबद्धताअनुरुप उनले ५ सिलिण्डर अक्सिजन प्रदान गर्दै आईरहेका छन् ।

बिश्व ब्यापि माहामारीको रुप लिइरहेको कोरोना भाइरस रोकथाम तथा कोरोना सक्रमित लाइ बचाउन का लागि अहिले अक्सिजनको माग बढिरहेको छ । पछिल्लो समयमा नुवाकोटमा पनि कोरानाका बिरामीहरु दिनानुदिन बढिरहेका छन् । यो माहामारीका बेला जनताको स्वास्थ्य रक्षाको लागि थोरै भएपनि सहयोग गर्न पाउँदा आफुमा सन्तुष्टि मिलेको सेढांइ बताउँछन् । कोरानाका बिरामीले अक्सिजनको अभाबमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ निश्वार्थभावले सेवामा लागेको बताए ।

सेढाइले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यसअघि पनि पटक पटक नुवाकोटका विभिन्न पालिकाहरुमा अक्सिजन सिलिण्डर उपलब्ध गराउदै आएका छन् । आगामी दिनमा समेत परेको समयमा जुनसुकै सहयोग गर्न आफु तयार रहेको सेढाइले बताए । यसभन्दाअघि पनि निषेधज्ञाका कारण दैनिक गुजारा चलाउन समस्या भएका गरिब र विपन्न १ सय ६९ घरपरिवारलाई दाल, चामललगाएत राहत उपलब्ध गराएकाएका थिए ।