Thursday, 10, June, 2021

२ महिना भित्र २ हजार अक्सिजन सिलिन्डर उपलब्ध गराउने नुवाकोटका व्यवसायीहरुको प्रतिवद्धता

नुवाकोट, नुवाकोटका व्यवसायीहरुले २ महिनाभित्र २ हजार अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिद्वारा संचालित विदुरस्थित आइसोलेशन केन्द्रसमेत चार अस्पताललाई २ हजार अक्सिजन सिलिण्डिर हस्तान्तरण गर्ने प्रतिबद्धता उनिहरुले जनाएका हुन् ।

नुवाकोटका व्यवसायीहरुले नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी निवास गोंगबुमा ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी, अध्यक्ष केदार नरसिंह तथा महासचिव जगदीश्वरनरसिंह केसीको उपस्थितिमा भएको छलफलमा व्यवसायीहरुले सर्वसाधारणको सेवामा आफुहरु निरन्तर लागिरहने बताएका हुन् ।

यसैगरि, अक्सिजन सिलिण्डर मिति २०७८ जेष्ठ १४ गते सम्बन्धित क्षेत्रीय अस्पतालमा पुगेर हस्तान्तरण गरिने संस्थाका महासचिव एवं नेपाली कांग्रेस नुवाकोटका सचिव जगदिश्वरनरसिंह केसीले बताए ।

केसीका अनुसार उक्त अक्सिजन सिलिण्डर दैनिक रुपमा आवश्यकता हेरी खरानीटार क्षेत्रीय अस्पताल,देउराली क्षेत्रीय अस्पताल र ककनी अस्पताल र कांग्रेस पार्टी कार्यालयमा स्थापना गरिएको आइसोलेसन सेन्टरलाई ३० वटासम्म प्रदान गरिनेछ ।

हाम्रो अक्सिज ग्यास उद्योग प्रालिका पुर्ब अध्यक्ष तथा समाजसेवी एवं नेपाली कांग्रेस बेलकोटगढी काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्याम ढुङ्गानासहित व्यवसायी तथा समाजसेवी अक्सिजन ग्यास उद्योगका सञ्चालक मधुसुधन पाण्डे, दिनेश ढकाल र नेपाली कांग्रेस लिखु काठमाडौं सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष एवं ग्यास उद्योगका सञ्चालक ठाकुर’ प्रसाद लामिछानेद्धारा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्ट मार्फत दुई महिनासम्मका लागि प्रति महिना मासिक १ हजार अक्सिजन सिलिण्डर दिने घोषण गरेका हुन् ।