Wednesday, 09, June, 2021

कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ ।

मल्लको काठमाडौँको निदान अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको हो । उनी एक सातादेखि कोरोनाबाट संक्रमित थिए । मल्ललाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

मल्ल पछिल्लो समय निमोनिया र मुटुसम्बन्धी रोगबाट समेत पीडित थिए । राष्ट्रिय पञ्चायतका सदस्य रहेका मल्ल पछि काँग्रेसमा प्रवेश गरेका थिए । मल्ल काँग्रेसको सिफारिसमा २०७४ माघ ३ गते सुदूरपश्चिम प्रदेशको पहिलो प्रमुखका रुपमा नियुक्त भएका थिए ।

विसं २०७६ मा केपी शर्मा ओली सरकारले उनलाई पदमुक्त गरेको थियो ।