Thursday, 10, June, 2021

अमेरिकामा गोली प्रहारबाट बन्दुकधारीसहित ८ को मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक गोली प्रहारबाट बन्दुकधारीसहित आठ जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । रेलवे स्टेशन नजिक रेलवे कर्मचारीको छलफल चलिरहेकै बेला ति बन्दुकधारीले गोली प्रहार गरेको बताइएको छ ।

गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनी गरेको बताइएको छ । बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन् ।

अमेरिकामा यस वर्ष अहिलेसम्ममा २३० वटा गोली काण्डका घटना भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।