Friday, 11, June, 2021

मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

एजेन्सी । अफ्रिकी देश मालीमा त्यहाँको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई आफ्नो नियन्त्रणमा लिएको छ । संयुक्त राष्ट्रसंघीय मिसनले सेनाद्वारा नियन्त्रणमा लिइएका राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल रिहाइको माग गरेको छ।

राजधानी बामा नजिकैको काटी सैनिक क्याम्पका सैनिकले राष्ट्रपति बाह एनदाव र प्रधानमन्त्री मोक्तार ओएनलाई नियन्त्रणमा लिएका हुन्।
मालीमा वर्षदिन नबित्दै दोस्रो पटक सैन्य कू भएको छ । नौ महिना अघि पनि मालीमा सैन्य कू भएको थियो।

सेनाले रक्षा मन्त्रीलाई समेत बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।