Sunday, 13, June, 2021

सीसीएमसीको कार्यकारी अधिकृतमा पूर्वरथी शर्मा

काठमाडौँ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले शर्मालाई सो पदमा नियुक्त गरेको हो । उनलाई सरकारले सचिव सरहको सेवा सुविधा उपलब्ध गराउने छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको सीसीएमसीले काम गर्न नसकेको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अध्यक्षतामा निर्देशक समिति बनाएका थिए । यसको लागि सरकारले अध्यादेश जारी गरेको छ ।