Wednesday, 09, June, 2021

पीएचडी गर्ने पहिलो नेपाली महिला डा बानिरा गिरीको निधन

काठमाडौँ । विद्यावारिधी गर्ने पहिलो नेपाली महिला डा बानिरा गिरीको निधन भएको छ ।

साहित्यकार डा गिरीको ७५ वर्षको उमेरमा हृदयघातबाट आइतबार राति निधन भएको हो । उनलाई तीन साता अघि कोरोना संक्रमण भएको थियो ।

डा गिरीको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी तीन वर्षदेखि अल्जाइमर्स रोगबाट समेत पीडित थिइन् ।

डा गिरी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन् । कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत गिरीले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधि प्राप्त गरेकी थिइन् ।

उनका श्रीमान, एक छोरा र एक छोरी छिन् । उनका विभिन्न कविता संग्रह, उपन्यास, निबन्धलगायत प्रकाशित छन्।