Tuesday, 08, June, 2021

संसद् विघटनविरुद्ध कांग्रेससहित पाँच दलको संयुक्त बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधि सभा विघटन गरेपछि यसका विरुद्ध रणनीति बनाउन आज नेपाली कांग्रेसहित पाँच दलको संयुक्त बैठक बस्ने भएको छ।

अहिले बिहान ११ बजे बानेश्वरस्थित संसद् भवनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई समूह तथा राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो।

बैठकमा प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।