Wednesday, 09, June, 2021

संविधानमाथि शीतल निवासको कुठाराघात : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले शीतल निवासले संविधानमाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भएको उनले टिप्‍पणी गरेका छन् । प्रतिनिध सभा विघटपछि सामाजिक सञ्‍जालमार्फत प्रतिक्रया दिँदै नेता नेपालले प्रतिगमन दोहोरिएको बताएका छन् ।

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ, उनले भनेका छन्, प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।