Tuesday, 08, June, 2021

महाव्याधीमा मध्यावधीको सपना महंगो पर्नेछ : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री र राष्ट्रपतिलाई महाव्याधी (कोरोना भाइरसको महामारी) का बेला घोषणा गरिएको मध्यावधी चुनाव महंगो पर्ने चेतावनी दिएका छन् ।

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा गरे लगत्तै उनले चेतावनी दिएका हुन् ।

कांग्रेस प्रवक्ता शर्माले ट्वीट मार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘ बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्री जी, महाव्याधीका बेला मध्यावधीको रंगीन सपना महंगो पर्नेछ, संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’

उनले अर्को ट्वीटमा लेखेका छन्, ‘ महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि, इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ’

उनले जित जनताकै हुने बताउँदै प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।