Wednesday, 09, June, 2021

एमालेबाट माओवादी बनेका ७ मन्त्रीबारे चोलेन्द्रको इजालसमा सुनुवाई हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका ७ मन्त्रीबारे परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनवाई हुँनै छ । गैर सांसद ७ जनालाई मन्त्री पदबाट पदमुक्त गर्न अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई हुँदैछ ।

अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका दुवै रिटको पेशी प्रधानन्यायाधीश राणाको एकल एजलासमा तोकिएको छ । संविधानको धारा ७८ बमोजिम नियुक्त भएका मन्त्रीको नियुक्ति गैर संवैधानिक भएको रिट निवेदकले दावी गरेका छन् ।

संविधान बमोजिम धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति बढीमा ६ महिना मन्त्री हुन पाउने व्यवस्था छ ।

हाल गृहमन्त्री रामवहादुर थापा,उर्जामन्त्री टोपवहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा सांसद छैनन् ।