Wednesday, 09, June, 2021

ओली बोलाए स्थायी कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । उक्त बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सो बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित टोलीसँग छलफल हुने बताइएको छ ।

राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थायी कमिटी सदस्य रामवहादुर थापालाई नेपाल पक्षले गरेको असहयोगको बारेमा समेत समिक्षा हुने श्रोतले बतायो ।