Tuesday, 08, June, 2021

कोरोनाबाट काठमाडौँ परिसरका डिएसपी केसीको निधन

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी परिसरका डिएसपी राजकुमार केसीको निधन भएको छ।

४३ वर्षीय केसीको महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो।

काठमाडौँको मूलपानी घर भएका केसीले परिसरको प्रवक्ता तथा अनुसन्धान प्रमुखका रुपमा काम गरेका थिए । दुई साता अघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । केसी उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीका रुपमा चिनिन्थे ।