Saturday, 12, June, 2021

कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार, दुईजना घाइते

काठमाडौं, कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार भएको छ
। गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।

गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दिपक पाण्डे सहित ३ जना लु.९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए ।

उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ । दिपक पाण्डेलाई उपचारका लागी भैरहवा भेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको प्रहरीले जनाएकोछ ।