Thursday, 10, June, 2021

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो साढे २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने पार्टीको सचिवालयले जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफल तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा लिने विश्वासको मत प्रक्रियामा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने बताइएको छ।