Tuesday, 08, June, 2021

नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चारको मृत्यु

नवलपरासी । नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलामा खस्दा उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।

घटनास्थलबाट प्रहरीले चारै जनाको शव संकलन गरेको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै सनाखत हुन सकेको प्रहरीले जनाएको छ । अन्यको परिचय खुल्न सकेको छैन ।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको संख्या यकिन हुन सकेको छैन । दुघर्टनामा घाइते भएर भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको छ ।