Thursday, 10, June, 2021

लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टरको भूकम्प

काठमाडौँ । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान पाँच बजेर ४२ मिनेटमा भूकम्पको धक्का महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको क्षतिबारेमा जानकारी आइसकेको छैन । भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ । भूकम्पबाट मानवीय क्षति नभए पनि केही कच्ची घरहरु चर्किएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।