Tuesday, 08, June, 2021

बुटवलमा थप चार संक्रमितको मत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । यिमध्ये तीन रुपन्देहीका तथा एक अर्घाखांचीका हुन् ।

मृत्यु हुनेमा रुपन्देहीको सियारी–३ का २९ वर्षिय पुरुष, अर्घाखाँचीको खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुष, रुपन्देहीको तिलोत्तमा २ का ७९ वर्षिय पुरुष तथा बुटवल–१२ का ४० वर्षिय पुरुष रहेका लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने संख्या २६५ पुगेको छ ।