Saturday, 10, July, 2021

कोरोनाबाट बाँकेमा थप सातको मृत्यु

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका तीन, बाँकेका दुई तथा रोल्पा र कैलालीका एक एक जना रहेका छन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १९ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो ।

भेरी अस्पतालमै कोहलपुर नगरपालिका १५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

बर्दियाको मधुवन नगरपालिका ९ का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो ।

यस्तै बर्दियाको बढैयाताल गाउँपालिका १ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका २ का ८७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

कैलालीको गौरीगंगा गाउँपालिका ४ का ५२ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते कैलालीमा पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो ।

रोल्पाको रुम्टीगढीका ३५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते दाङमा पीसीआर गरिएका उनलाई २९ गते भेरीमा भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट २३४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १८३ जनाको मृत्यु भएको छ।