Thursday, 10, June, 2021

निषेधाज्ञामा दाङबाट चोरी भएको जीप रौतहटमा भेटियो

दाङ । निषेधाज्ञामा दाङबाट चोरी भएको जीप रौतहटमा भेटिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा पार्किङ गरेर राखिएको जीप चोरी भएको थियो । हराएको पाँच दिन पछि सो जीप रौतहटमा फेला परेको प्रहरीले जनाएको छ ।

गाडीधनी बाबुराम बस्नेतका अनुसार मंगलबार राति १२ बजे घर अगाडि रोकेर राखेको भे १ च २०६९ नम्बरको जीप हराएको थियो । उनले खोजी गरिदिन प्रहरीलाई गुहारेका थिए ।

खोजी गर्ने क्रममा शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय गरुडाले जीप फेला पारेको हो । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।