Thursday, 10, June, 2021

इलामका एमाले नेता शंकरको कोरोनाबाट निधन

इलाम । कोरोना भाइरसको संक्रमणका कारण नेकपा एमाले इलामका युवा नेता नवराज शंकरको शनिबार राति निधन भएको छ।

एक साता अघि कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

स्वास्थ्यमा थप समस्या देखिएपछि शंकरलाई विराटनगरस्थित विराट नर्सिङ होम भर्ना गरिएको थियो। उनको त्यही अस्पतालमा उपचारको क्रममा निधन भएको नेकपा एमाले इलामले जनाएको छ ।