Wednesday, 09, June, 2021

इटालियन ओपन : नाडाल उपाधिका लागि जोकोविचसँग भिड्ने

एजेन्सी । राफायल नाडाल इटालियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

अमेरिकी खेलाडी राइली ओपेल्कालाई ६–४ र ६–४ को सेटमा पराजित गर्दै नाडाल फाइनलमा पुगेका हुन् ।

रोममा भएको खेलमा जित निकालेका ३४ वर्षे नाडालले फाइनलमा विश्व नम्बर एक नोभाक जोकोविचसँग भिड्ने भएका छन् ।

जोकोविचले इटालियन लोरेन्जो सोनेगोलाई ६–३, ६–७ ९५–७० र ६–२ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाएका हुन् ।