Wednesday, 09, June, 2021

अमेरिकामा रहेका नेपालीहरुको हितमा प्रत्यक्ष सहभागी भई काम गर्नेछु : रामबाबु पाण्डे

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) अमेरिकाको नयाँ कार्यकाल (२०२१–२०२३) को निर्वाचनमा रामबाबु पाण्डेले उम्मेदवारी दिएका छन् ।
नुवाकोटको मदनपुर, बेल्कोटगढीमा जन्मिएका पाण्डे एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्षसमेत हुन् । काठमाण्डौंको सरस्वती क्याम्पसमा पढ्दादेखि नै व्यावसायमा लागेका उनी २०१० देखि अमेरिको लस एन्जलस बस्दै आएका छन् । प्रवासमा रहेर पनि उनि सामाजिक कार्यमा गहिरो रुचीकासाथ लागेका छन् । नेपालमा रहेका नेपाली या विदेशमा रहेका नेपाली या अन्य नागरिक सबैमाझ पाण्डे प्रिय पात्र हुन् ।
२०१३ मा एनआरएनए आइसीसी अमेरिकाको आजीवन सदस्य बनेका पाण्डे २०१५ मा क्यालिफोर्निया राज्य च्याप्टरको उपाध्यक्ष थिए । २०१७ मा च्याप्टर अध्यक्ष र २०१९ मा केन्द्रिय उपाध्यक्षका प्रत्यासी पाण्डे यो पटक भने आइसीसीको सदस्य पदको लागि प्रत्यासी छन् ।

पाण्डेले आफूले दुई कार्यकाल च्याप्टरमा काम गरेको र महाधिवेशन प्रतिनिधि भएर २÷२ पटक काठमाण्डौं गएर आइसीसीका थुप्रै गतिबिधिमा सहभागी भएकोले अब गएर काम नै गर्ने इच्छा भएकोले उमेदवारी दर्ता गराएको रियलपाटीसँग बताएका छन् । आफुलाई मतदान गरि सहयोग गरिदिनुहुन उनले सबैलाई अपिल पनि गरेका छन् ।

देशभित्र रहँदा मात्र नभई अमेरिका पुगेर पनि उनले नेपालमा रहेका संघ–संस्थालाई अनि निर्माण कार्य जस्ता क्षेत्रमा आर्थिक सहयोगलाई जारी राखका छन् । पाण्डेले नेपालमा आएको महाभुकम्पदेखि कोरोनाका कारण समस्यमा परेका नागरिकलाई आर्थिक सहयोग गरेको र हाल पनि गर्दै आईरहेका छन् । त्यसैगरि आफु जन्मिएको जिल्ला नुवाकोटमा पनि विभिन्न सहयोग गर्दै आईरहेका छन् । नुवाकोटको बेलकोटगढीमा मठमन्दिर निर्माणकासाथै धार्मिक कार्यमा उनले उल्लेख्य आर्थिक सहयोग गरेका छन् । विद्यालय भवन निर्माणकासाथै वृद्धाश्रम निर्माणार्थ पनि उनले सहयोग गरेका छन् ।

अमेरिकामा रहेका पाँच लाख गैरनेपालीहरुको हितमा प्रत्यक्ष सहभागी भई काम गर्ने उद्देश्यसहित आफूले उम्मेद्वारी दिएको पाण्डेले बताए । उम्मेद्वारी दिनुका पछाडि उनले मुख्यगरी दलीय स्वार्थ र भागबण्डा तथा सिन्डिकेटबाट मुक्त र संस्थाको हरेक काम र हिसाबकिताबमा पारदर्शीता हुनुपर्ने एजेण्डालाई अगाडि सारेका छन् ।

यी सबै काम पूरा गर्दै संस्थालाई अमेरिकावासी नेपालीहरुको सहभागिता भएको विशाल संस्था बनाउने आफ्नो योजना रहेको उनले बताए ।
मतदाताहरुले व्यक्तिगत स्वार्थपूर्तिमा संस्थालाई अल्झाइराख्ने विगतका परिपाटीलाई भत्काउँदै योपटक आफूजस्ता स्वतन्त्र उम्मेद्वारलाई भोट दिएर जिताउनेमा आफु पूर्ण विश्वस्त रहेको पाण्डेको भनाई छ ।

आदरणीय एनआरएनकर्मी बुवा आमा, दाजुभाई तथा दिदी बहिनीहरु,
नमस्कार ।

साथीहरुको सल्लाह, सुझाव र सबल समुह निर्माणको लागि मैले उपाध्यक्ष पदको मोह छाडेर एनआरएनए आईसिसी पदमा आफ्नो उमेद्वारी दर्ता गराएको छु । यसबिचमा एनआरएनए अमेरिकाको निर्वाचनको प्रचारको दौरानमा बिभिन्न राज्यहरुबाट यहाँंहरुले प्रदान गराउनुभएको माया, सद्भाव र हौसलाप्रती म सदा ऋृणी हुनेछु ।

फुटेर होईन, जुटेर हिंडें मात्रै एकता देखिन्छ । जबसम्म हामीबिच एकताको बलियो बाटो निर्देशित हुँदैन, हामीबिचको सम्बन्ध खोलाको दुई किनारा जस्तो हुन्छ । त्यसैले एनआरएनएको एउटै गतीमा मिलेर बग्न हामी सङ्लो, निर्मल र सबल हुनैपर्दछ । संस्थाको निर्वाचनमा होमिदैं गर्दा हामीले स्वविबेकी निर्णयको बन्दी आफुलाई बनाउंनुहुंदैन । आफ्नो निर्णय आँफैले निर्णय गर्न सक्ने हैसियत आफुमा भए मात्र ब्यक्ती, समाज र यो बिशाल एनआरएनए बलियो बन्नेछ ।

एनआरएनए अमेरिकाको निर्वाचनमा उमेद्वारी गराउनुभएका तपाईंंहरु सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु । मेरो बलिबुताले भ्याएको मेरो साथ र सहयोग तपाईंंहरु र सिंगो एनआरएनएप्रती सदा रहनेछ । मेरो जन्मदिनकै अवसर पारेर एनआरएनए आईसिसी पदको लागि मैले दाखिला गरेको उमेद्वारीमा यहाँंहरुको साथ र हौसलाको प्रतिक्षामा छु ।

भवदीय
रामबाबु पाण्डे
आईसीसी सदस्य पदको उमेद्वार
एनआरएनए अमेरिका ।