Thursday, 10, June, 2021

एकै परिवारका तीन दिदीबहिनीद्वारा सगरमाथा आरोहण

काठमाडौं । दोलखाका एकै परिवारका तीन दिदीबहिनीले बुधवार सगरमाथाको सफल आरोहण गरेका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका ९ बेदीङका दिदीबहिनी ३० वर्षीया निमा जाङ्बु शेर्पा, २६ वर्षीया छिरिङ नाम्गे शेर्पा र २४ वर्षीया दावा फुटी शेर्पा आज विहान सगरमाथा चुचुरोमा पुगेका हुन् ।

यी दिदीबहिनीले तीन वर्षभित्र सातवटै महादेशका उच्च हिमाल चढेर विश्व रेकर्ड राख्ने उद्देश्य राखेका छन् ।

आजै दोलखाको सोही ठाउँका पेम्वा दोर्जे शेर्पाले २१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।