Wednesday, 09, June, 2021

बाँकेमा १२ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा पछिल्लो समय घण्टैपिच्छे कोराना संक्रमितको मृत्यु हुन थालेको छ ।

बाँकेका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टामा १२ कोरोना संक्रमितको ज्यान गइसकेको छ । सोबबार साँझदेखि आज बिहानसम्म ति संक्रमितहरुको ज्यान गएको हो । मृतक मध्ये ६ बर्दियाका, ५ बाँकेका तथा एक जना रुकुम पूर्वका छन् ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगञ्ज–१० का ६८ वर्षीय पुरुष, बाँकेको खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुष, बाँकेको जानकी गाउँपालिका–४ की ४५ वर्षीया महिला, कोहलपुर– ८ का ६२ वर्षीय पुरुष, खजुरा– २ का ८८ वर्षीय पुरुष तथा सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैगरी बर्दियाको बाँसगढीका ७३ वर्षीय पुरुष, गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुष, बारबर्दिया– ६ की ६३ वर्षीया महिला, बढैयाताल– ३ बर्दिया की ७८ वर्षीया महिला, बाँसगढी नगरपालिका– ५ बर्दियाका ६० वर्षीय पुरुष तथा बढैयाताल बर्दियाका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेका १९६ तथा बाँके बाहिरका १४८ कोरोना संक्रमतिको ज्यान गएको छ ।