Tuesday, 08, June, 2021

भारतमा गंगा नदी किनारमा एक सय बढी शव भेटिए

एजेन्सी । भारतको उत्तर प्रदेश र बिहार राज्यको सीमा क्षेत्रमा बग्ने गंगा नदीको किनारमा एक सय बढी शव भेटिएका छन् । ति सबै शवहरु बगाएर ल्याएको अवस्थामा भेटिएका हुन् ।

शवहरु कोरोना भाइरसको संक्रमणका कारण निधन भएका व्यीक्तहरुको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शवको संख्या त्यो भन्दा पनि बढी रहेको बताइएको छ । शवहरु गाड्ने वा जलाइने भन्ने विषयमा स्थानीय प्रहरी प्रशासनले छलफल गरिरहेको छ । भेटिएका शवहरु कुनै सुन्निएका र कतिपय आधा जलेको अवस्थामा छन् ।

जलाउनका लागि आवश्यक दाउराको अभाव तथा त्यसका लागि लाग्ने महंगो शूल्कका कारण कतिपय परिवारले कोरोना संक्रमणका कारण मृत्यु भएका आफन्तको शव सिधै नदीमा फाल्न बाध्य भएका हुनसक्ने अनुमान गरिएको छ ।

भारतमा कोरोनाबाट दैनिक चार हजारभन्दा बढीको ज्यान जाने गरेको छ ।