Saturday, 12, June, 2021

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा जारी १५ दिन निषेधाज्ञा जारी रहने भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसीले थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाको अवधि थप १५ दिन लम्ब्याउने निर्णय भएको हो ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा २९ गते सकिँदैछ । अब १५ दिन थप भएपछि निषेधाज्ञा आगामी जेठ १२ सम्म जारी रहनेछ ।