Thursday, 10, June, 2021

महाकाली अस्पतालमा थप पाँच संक्रमितको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिकाका तीन तथा शुक्लाफाँटा नगरपालिकाका दुई रहेका छन् ।

भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय पुरुष, ६ कै ४८ वर्षीय पुरुष तथा १८ की ५७ वर्षीया महिलाको मृत्यु भएको हो । यस्तै शुक्लाफाँटा नगरपालिका–८ का ४८ वर्षीय पुरुष र १० का ७५ वर्षीय पुरुषको पनि आज कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय ५७ जना कोरोनाबाट मुक्त भएका छन् ।