Friday, 11, June, 2021

सामूहिक राजीनामा दिनु अपराध हो : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध भएको बताएका छन् ।

माधव नेपाल समूहका सांसदले सामुहिक राजिनामा दिन लागेकोबारे आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले सामुहिक राजिनामा नदिन आग्रह गरे । ओलीले विज्ञप्ति जारी गर्दै फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्नेलगायत कार्यलाई अपराधको संज्ञा दिएका छन् ।

‘यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु’ ओलीले विज्ञप्ति मार्फत भनेका छन् ।

ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । त्यसअघि नै नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ ।

पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन उनले सबैलाई आग्रह गरेका छन् ।