Wednesday, 09, June, 2021

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण, ५२ को मृत्यु

काठमाडौं । थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ७८७ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ७७७ जनामा तथा ५०६ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ३ हजार ७२० जना संक्रमितको निधन भएको छ।

हाल देशभर८८ हजार १६० सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८१ हजार ४३० होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।