Wednesday, 09, June, 2021

महन्थ ठाकुर र राजेन्द्र महतो देउवा निवासमा

महन्थ ठाकुर र राजेन्द्र महतो देउवा निवासमा

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अहिले देउवा निवास बुढानिलकण्ठ पुगेका
छन् । तीनै जनाबीच भेटवार्ता भइरहेको छ। सोमबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने विषयमा उनीहरुबीच छलफल भइरहेको श्रोतले बतायो । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने मिति नजिकिँदै जाँदा राजनीति थप तरंगित बनेको छ। यही विषयमा सत्तारुढ नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । माधव नेपाल समूहका २० सांसदले राजीनामापत्रका हस्ताक्षर गरी ठिक्क पारेर राखेका छन् ।