Saturday, 10, July, 2021

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । दूतावासका अनुसार शनिबार राति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

डिभी परे वा नपरेको नतिजा dvprogram.state.gov  वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य गर्नुपर्ने छ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।