Monday, 12, July, 2021

कोरोनाबाट भारतमा एकैदिन चार हजार एक सयको मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट चार हजार १२३ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार लाख नौ हजार व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म दुई करोड २२ लाख ९५ हजारभन्दा बढीलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । भारतमा हालसम्म दुई लाख ४२ हजार तीन सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

एक करोड ८३ लाखभन्दा बढी कोरोनाबाट मुक्त भएका छन् । भारतमा अहिलेसम्म ३० करोड चार लाखभन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गरिएको बताइएको छ ।