Thursday, 10, June, 2021

बम विस्फोटमा अफगानिस्तानमा ३० को मृत्यु

एजेन्सी । अफगानिस्तानमा एउटा विद्यालय नजिकै शनिबार साँझ बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । सयौँ व्यक्ति घाइते भएका छन् ।

राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा ज्यान गुमाउनेहरु धेरैजसो बालिका रहेका छन् । बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विस्फोट भएको बीबीसीले जनाएको छ ।

सुन्नी इस्लामिक आतंकवादीहरुको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आउँदो सेप्टेम्बर ११ मा अमेरिकी सेना फिर्ता हुने भएपछि अफगानिस्तानमा हिंसाका घटनाहरु बढिरहेका छन् ।