Monday, 12, July, 2021

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका छन् ।

सामान्यतया मन्त्रिपरिषदको बैठक प्रत्येक सोमबार र बिहीबार बस्ने गर्छ । ओलीले केही महत्वपूर्ण निर्णय गर्नका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको श्रोतले बतायो ।

ओलीले आइतबार संवैधानिक परिषद्को‌ समेत बैठक बोलाएका छन् । सो बैठकमा विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले भाग नलिने बताउँदै आएका छन् ।

यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि विभिन्न संवैधानिक निकायमा पदपूर्तिका लागि बैठक बोलाइएकाले त्यसो नगर्न ओलीलाई चेतावनी दिएका छन् ।