Thursday, 10, June, 2021

एकैदिन थपिए ९ हजार बढी कोरोना संक्रमित, ५४ जनाको मृत्यु

काठमाडौँ । देशभर थप ९ हजार ७० संक्रमित थपिएका छन    एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो । आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो । जसमा  पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ । यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। आज कोरोना संक्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३५२९ पुगेको छ।

त्यस्तै २ हजार ७०७ जना निको भएका छन्।अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोनाबाट निको भएका छन्।