Tuesday, 08, June, 2021

कोरोना संक्रमितलाई अक्सिजनको सिलिण्डर बोकेर पुर्‍याउँदै नायक राज घिमिरे

ललितपुर, विश्वव्यापी कोरोना महामारीका बेला अघिल्लो वर्ष पनि राहत वितरणका साथै कोरोना भाईरसबारे सचेतना फैलाउदै माईकिङ गर्दै हिँडेका चर्चित नेपाली चलचित्र चपली हाईटका नायक एवं सामाजिक अभिन्यन्ता राज घिमिरे यसपटक पनि चुप लागेर बस्न सकेनन् । कोरानाको नयाँ भेरियन्टको संक्रमण ह्वात्तै बढेर जटिल प्रकारका संक्रमितले अस्पताल भरिभराउ हुँदा देशभर अक्सिजनको अभाव भएको बेला उनि एक्लै अक्सिजनको सिलिण्डर बोकेर संक्रमितका आफन्तकहाँ पुगेका छन् ।


अक्सिजनको सर्पोट चाहिने संक्रमितको संख्या बढ्दै जाँदा सीमित अक्सिजन भएकाले सबैतिर पुर्याउन समस्या भएको सरकारले जवाफ दिदैं आएको छ । अक्सिजन नपाएर संक्रमितलाई बचाउन समस्या भएपछि सामाजिक अभियन्ता एवं युवा नेता राज घिमिरेले संक्रमितका लागि अक्सिजन सिलिन्डरको जोहो गरेका हुन् । उनले संक्रमितको उपचारका लागि आफ्नो व्यक्तिगत खर्चमा वितरण गरेका छन् ।

युवा नेता समेत रहेका घिमिरे भने— “ अहिले देशैभर कोरोना संक्रमितको संख्या निक्कै नै बढिरहेको र संक्रमितलाई सुरुमा अक्सिजन पाउन अति गाह्रो भएको भन्दै बिरामीका आफन्तले मलाई दिनमा र रातमा बारम्बार फोन सम्पर्क गर्न थालेकाले मैले आफुले सकेको सहयोग गरेको हुँ । ” सामाजिक अभियन्ता घिमिरेले संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन सिलिन्डर, अक्सिजन माक्स, इलेक्टेक अक्सिजन मेसिन, केहि अक्सोमिटर वितरण गरेका छन् । १५ थान सिलिन्डर आफुले खरिद गरेर ल्याएकोमा बुधबार अफ्ठेरोमा परेका ४ जना संक्रमितलाई आफन्तमार्फत् वितरण गरेेेको उनले बताएका छन् ।त्यतिमात्र नभएर एम्बुलेन्स नपाएर अस्पताल जान आउन समस्या भई आपतविपतमा परेका बिरामीलाई समेत आफ्नो निजि गाडी उनले दिदैं आएका छन् । अस्तालमा उपचार गर्न नसक्ने अवस्थाका आर्थिक स्थिती नाजुक भएका बिरामीको उपचार समेत उनले गराउँदै आएका छन् । ललितपुर निवासी सामाजिक अभियन्ता घिमिरे लामो समयदेखि समस्या परेकाहरुलाई दिनरात नभनि नै सहयोगमा  जुटिरहेका छन । यदि कसैैैलाई  केहि  समस्य परेमा  मोबाईल नम्बर ९८५१०६२४५७ मा फोन गर्न समेत आग्रह गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । अक्सिजन सिलिन्डर वितरणमा आफुलाई साथ दिने अर्का समाजसेवी गोपाल सुनुवारलाई धन्यवाद व्यक्त गरेका छन् ।