Friday, 07, May, 2021

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

पोखरेल विरुद्ध परेको अविश्वासको प्रस्तावका बिषयमा छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन आजबाट सुरु हुनु अघि उनको राजीनामा पत्र आएको  प्रदेश सरकारका प्रवक्ता आर्थिक मामीला मन्त्री बैजनाथ चौधरीले बातए । राजीनामा दिनुको कारण भने खुलेको छैन ।

मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूचि रहेको थियो । पोखरेललाई समर्थन गरेका जसपाका ४ सांसदको पद रिक्त भएपछि पोखरेल सहज बहुमतमा पुगेका थिए ।