Friday, 07, May, 2021

कोरोना संक्रमितलाई लाभदायक पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटरको नेपालमा परिक्षण हुँदै

काठमाडौं । भिटामिन ‘डी’ मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । हाम्रो शरीरमा भिटामिन ‘डी’ को कमी भएमा अनेकौं स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । शरीरलाई आवश्यक यी पोषक तत्वका चक्की वा क्याप्सुलका रूपमा पूरक (सप्लिमेन्ट) त पाईन्छ तर चक्की वा क्याप्सुलबाट पाइने मात्राभन्दा प्राकृतिक तवरबाट प्राप्त हुने प्रक्रियाबाट भिटामिन डी बढी प्रभावकारी हुने विश्वका विभिन्न अध्ययनले देखाएका छन् । यसैलाई मध्यनजर गरि कोरियाको पानोस नामक कम्पनीले भिटामिन ‘डी’ दिने मेसिन निर्माण गरेको छ । जसलाई पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर भनेर नामाकरण गरिएको छ । यसअघि पनि यस कम्पनिले छालाका समस्या समाधानमा केन्द्रित रहि स्किन थेरापी, अल्ट्रा भायोलेट लाईटलगाएत विभिन्न मेसिनहरु निर्माण गरेर ख्याति कमाईसकेको छ ।

के हो पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर ?

पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर शरिरमा भिटामिन ’डी’ को कमी भएकाहरुलाई र भविष्यमा यसको कमी भएर विभिन्न रोग लाग्न नदिन बचाउन निकै लाभदायक सावित भएको कम्पनिले गरेको अध्ययनले देखाएको छ । यो मेसिनको थाईल्याण्ड, अमेरिका,चाईना, मंगोलिया, श्रीलंका, ईण्डोनेसियालगाएत युरोप र यूके सबैतिर परिक्षण गरिएको थियो भने ति देशका धेरैजसो अस्पतालहरुमा अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर राखिएको छ । यसको प्रयोग गरेका र नगरेकोमा धेरै फरक पाईएको कोरियाको पानस कम्पनीका उपाध्यक्ष स्ट्यान्ली किमले बताएका छन् । सन् २०१२ मा नै निर्माण भएको अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर निकै लाभदायक रहेकाले कोरियाका प्राय सबै अस्पतालमा राखिएको छ । हाल नेपालसंगै भारतलगाएत एशियन मुलुकमा परिक्षण गरिरहेको कम्पनीका उपाध्यक्ष किमको  भनाइ छ । नेपालका केहि अस्पतालमा पनि परिक्षण शुरु  गरिएको नेपाल—कोरिया एशोशिएशनका अध्यक्ष एवं पानस कम्पनिका नेपाल प्रमुख अम् जिन योङले जानकारी दिएका छन् । नेपालको काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई १ थान पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर हस्तान्तरण गरिएको र १० जनामा यसको परिक्षण गराईरहेको उनले बताए ।

भिटामिन ‘डी’ को कमीले हाम्रो शरिरमा आउने समस्या के के हुन् ?

भिटामिन ‘डी’ दाँत र हाडका लागि अति जरुरी हुन्छ । यसको कमीले शरीरमा क्याल्सियमको कमि हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ । भिटामिन ‘डी’ को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या ‘रिकेट्स’ हुन्छ । यसको कमीले विभिन्न किसिमका संक्रामक रोग पनि लाग्न सक्छ । गर्भवती महिलाको शरीरमा भिटामिन ‘डी’ को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमासमेत नकारात्मक असर पर्छ । यस्ता समस्या रोक्न घर–आँगनमा छताछुल्ल निःशुल्क रूपमा प्राप्त हुने सूर्यको किरणमा बस्न जरुरी छ । खासगरी किशोर–किशोरी र युवा छाला कालो हुन्छ भनेर घाममा बस्न हिच्किचाउँछन् ।

भिटामिन ’डी’ भिटामिन मात्र होइन, यसले शरीरमा हर्मोनको पनि काम गर्छ । जब सूर्यको किरणले छालामा छुन्छ, तब यसले भिटामिन ’डी’लाई हर्मोन ’डी थ्री’मा बदल्छ र शरीरलाई स्वस्थ्य बनाइराख्न सकारात्मक भूमिका निर्वाह गर्छ । व्यस्तताका कारण सबैजना घाममा बसेर समय व्यतित गराउन राजी हुदैनन् त्यसकारण वैज्ञानिकहरुले यसको विकल्प पनि निकालिसकेका छन् । अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटरले घामबाट पाईने सम्पुर्ण भिटामिन दिन्छ ।

अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर नेपालमा कत्तिको प्रभावकारी छ ?

विशेषगरि छालाका समस्या भएकाहरुको लागि यो पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर फाईदाजनक रहेको नेपाल—कोरिया एशोशिएशनका अध्यक्ष एवं पानस कम्पनिका नेपाल प्रमुख अम् जिन योङले जानकारी दिएका छन् । कोरोनाको बिरामीलाई अझै लाभदाएक सावित भएको उनले बताए । कोरोना संक्रमितमा भिटामिन ‘डी’को कमि हुन नदिन यसले मद्धत पुर्याउने योङको भनाई छ ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर हस्तान्तरण

नेपालको काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई १ थान पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर हस्तान्तरण गरिएको नेपाल—कोरिया एशोशिएशनका अध्यक्ष एवं पानस कम्पनिका नेपाल प्रमुख अम् जिन योङको भनाई छ ।

सो अस्पतालमा १० जनामा यसको परिक्षण गराईरहेको उनले रियलपाटीलाई बताए । ५ जना अस्पतालका कर्मचारीसंगै ५ जना कोरोना उपचारका लागि आएका बिरामीमा प्रयोग गरि परिक्षण गराईरहेको अस्पतालका टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष दिपकराज जोशीले जानकारी दिए । पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटर अस्पताललाई हस्तान्तरण गरेकोमा कम्पनी र नेपाल—कोरिया एशोशिएशनका अध्यक्ष एवं पानस कम्पनीका नेपाल प्रमुख अम् जिन योङलाई धन्यवाद ज्ञापन गर्दै जोशीले यो मेसिनले विशेषगरि कोरोना संक्रमितका लागि लाभदायक सावित हुने विश्वास पनि व्यक्त गरे ।

त्यसैगरि अस्पतालका ईञ्चार्ज मदन न्युपानेले शुरुको फेजमा १० जनालाई परिक्षण गरिएपनि यो संख्या बढाउदै लगिने बताए । यसको लागि सर्वप्रथम व्यक्तिले आफ्नो शरिरमा कति मात्रामा भिटामिन डि छ र कति मात्रा आवश्यक छ त्यो थाहा पाउन रगत जाँच गराउनुपर्ने उनले बताए ।

यसको प्रयोग कसरी गर्ने ?

सर्वप्रथम यो पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटरलाई बेडमा जडान गर्ने ।
करेन्टबाट चल्ने भएकोले मेसिनलाई बेडमा जडान गरिसकेपछि अन गर्ने ।
एकपटकमा एक व्यक्ति १५ मिनेट मेसिनको किरण आउने गरि बस्नुपर्ने छ । (चिकित्सकको सुझाव अनुसार)
करिब १ महिनामा यसरी दिनहुँ १५ मिनेट मेसिनले दिर्ने क प्रकारको किरणमा बस्दा शरिरले प्रशस्त मात्रामा भिटामिन ‘डी’ प्राप्त गर्ने पानस कोरियाका संयोजक मिलन श्रेष्ठले जानकारी दिए । कोरोनाको बिरामीलाई रोगसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गर्न यो पानस अल्ट्रा भायोलेट भिटामिन ‘डी’ थ्रि जेनेरेटरलाई अत्यन्त महत्वपूर्ण रहेको उनको भनाई छ । कोरियमा धेरै अस्पतालमा प्रयोगमा ल्याईएको यसप्रकारको जेनरेटरले नेपालमा धेरैलाई लाभ मिल्ने भएकाले प्रत्येक अस्पतालमा यसको प्रयोग बिरामीको लागि आवश्यक रहेको संयोजक श्रेष्ठले बताए । यसको लागि सर्वप्रथम व्यक्तिले अस्पतालमा आफ्नो शरिरमा कति मात्रामा भिटामिन डि छ र कति मात्रा आवश्यक छ त्यो थाहा पाउन रगत परिक्षण गराउनुपर्ने उनको भनाई छ ।