Friday, 07, May, 2021

साहित्यकार मधिकर्मीलाई बाटुली खिलध्वज लघुकथा सम्मान

ललितपुर । लघुकथा समाज नेपालले विगत ४५ वर्षदेखि कथा साहित्यमा कलम चलाउँदै आएका साहित्यकार ध्रुव मधिकर्मीलाई ‘बाटुली खिलध्वज लघुकथा सम्मान–२०७७’ बाट सम्मानित गरेको छ ।

ललितपुरस्थित लोकसाहित्य भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले साहित्यकार धु्रव मधिकर्मीलाई ताम्रपत्रसहित सम्मानित गरे । पुरस्कारकासाथ नगद राशि १५ हजार १ सय १ रुपैयाँ पनि प्रदान गरिएको थियो ।

प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यकार मधिकर्मीलाई बधाई दिँदै पुरस्कारले लेखकहरूलाई सदैव लेख्न प्रेरित गर्ने बताए । उनले आफूले पनि सोही प्रेरणाका कारण तीन–तीन पटकसम्म मदन पुरस्कार पाएको सम्झना गरे ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्व धु्रव मधिकर्मी, बाटुली खिलध्वज लघुकथा सम्मानका संस्थापन पक्षका प्रतिनिधि सानुभाइ पण्डित, तुलसीहरि कोइरालालगायतले आफ्नो धारणा राखेका थिए।

P