Friday, 07, May, 2021

एनआरएनए आइसीसी पदमा नुवाकोटका पाण्डेको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ  (एनआरएनए आइसीसी) अमेरिकाको नयाँ कार्यकाल (२०२१-२०२३)को निर्वाचनमा रामबाबु पाण्डेले उमेदवारी दर्ता गराएका छन् ।

नुवाकोटको मदनपुर, बेल्कोटगढीमा जन्मिएका पाण्डे एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष हुन् ।
काठमाण्डौंको सरस्वती क्याम्पसमा पढ्दादेखि नै व्यावसायमा लागेका उनी २०१० देखि अमेरिको लस एन्जलस बस्दै आएका छन् ।

२०१३ मा एनआरएनए आइसीसी अमेरिकाको आजीवन सदस्य बनेका पाण्डे २०१५ मा क्यालिफोर्निया राज्य च्याप्टरको उपाध्यक्ष थिए । २०१७ मा च्याप्टर अध्यक्ष र २०१९ मा केन्द्रिय उपाध्यक्षका प्रत्यासी पाण्डे यो पटक आइसीसीको सदस्य पदको लागि प्रत्यासी छन् ।

पाण्डेले आफूले दुई कार्यकाल च्याप्टरमा काम गरेको र महाधिवेशन प्रतिनिधि भएर २/२ पटक काठमाण्डौं गएर आइसीसीका थुप्रै गतिबिधिमा सहभागी भएकोले अब गएर काम नै गर्ने इच्छा भएकोले उमेदवारी दर्ता गराएको रियलपाटीसँग बताएका छन् । आफुलाई मतदान गरि सहयोग गरिदिनुहुन उनले सबैलाई अपिल पनि गरेका छ्न ।

आदरणीय एनआरएनकर्मी बुवा आमा, दाजुभाई तथा दिदी बहिनीहरु,
नमस्कार ।

एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी दिने निर्णय गरेपनि साथीहरुको सल्लाह, सुझाव र सबल समुह निर्माणको लागि मैले उपाध्यक्ष पदको मोह छाडेर एनआरएनए आईसिसी पदमा आफ्नो उमेद्वारी दर्ता गराएको छु । यसबिचमा एनआरएनए अमेरिकाको निर्वाचनको प्रचारको दौरानमा बिभिन्न राज्यहरुबाट यहाँंहरुले प्रदान गराउनुभएको माया, सद्भाव र हौसलाप्रती म सदा ॠणी हुनेछु ।

फुटेर होईन, जुटेर हिंडें मात्रै एकता देखिन्छ । जबसम्म हामीबिच एकताको बलियो बाटो निर्देशित हुँदैन, हामीबिचको सम्बन्ध खोलाको दुई किनारा जस्तो हुन्छ । त्यसैले एनआरएनएको एउटै गतीमा मिलेर बग्न हामी सङ्लो, निर्मल र सबल हुनैपर्दछ । संस्थाको निर्वाचनमा होमिदैं गर्दा हामीले स्वविबेकी निर्णयको बन्दी आफुलाई बनाउंनुहुंदैन । आफ्नो निर्णय आँफैले निर्णय गर्न सक्ने हैसियत आफुमा भए मात्र ब्यक्ती, समाज र यो बिशाल एनआरएनए बलियो बन्नेछ ।

एनआरएनए अमेरिकाको निर्वाचनमा उमेद्वारी गराउनुभएका तपाईंंहरु सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु । मेरो बलिबुताले भ्याएको मेरो साथ र सहयोग तपाईंंहरु र सिंगो एनआरएनएप्रती सदा रहनेछ । मेरो जन्मदिनकै अवसर पारेर एनआरएनए आईसिसी पदको लागि मैले दाखिला गरेको उमेद्वारीमा यहाँंहरुको साथ र हौसलाको प्रतिक्षामा छु ।

भवदीय
रामबाबु पाण्डे
आईसीसी सदस्य पदको उमेद्वार
एनआरएनए अमेरिका ।