Friday, 07, May, 2021

रामकृष्ण ढकालको स्वरमा देशभक्ति गीत ‘मेरो देश’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा देशभक्ति गीत ‘मेरो देश’ सार्वजनिक भएको छ । टि.आर पंगेलीको शब्द एवम् नरहरी प्रेमिको संगीत रहेको सो गीत म्युजिक नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

राज कुमारको निर्देशन एवम् राजकुमार दर्जीले कोरियोग्राफी गरेका रहेको उक्त गीचको भिडियोमा देश प्रेम र देश प्रतिको सद्भाव जगाउने भाव झल्काइएको छ ।

यस गीतको भिडियोमा महानायक राजेश हमालको मुख्य भुमिका रहेको छ भने गीतमा नरहरी प्रेमी, नेपाली सेनाका क्यापटन डि.यन श्रेष्ठ विशेष भुमिकामा देखिनुको साथै बसन्तराज रिजाल, नवराज पौडेल, निना बुढाथोकी, जगदीश अधिकारी, लायल लम्साल, आदर्श बानियाँलगायत कलाकारको अभिनयसँगै नेपाली सेनाहरुलाई पनि देख्न सकिन्छ ।

सार्वजनिक गरिएको सो गीतको भिडियोलाई अजय रेग्मीले छायांकन एवम् राज कुमारले सम्पादन गरेका छन् भने गीतमा कमल सौरागको एरेन्ज रहेको छ ।

उक्त गीतलाई सन्तोष पौडेलले रेर्कडिङ तथा मिक्सीङ गरेका छन् भने भिडियोको निर्माण संयोजक समिर नेपालले गरेका हुन् ।

भिडियोः https://youtu.be/7ADwtW8QypQ