Friday, 23, April, 2021

गजलकार नवराज पौडेलको गजल संग्रह छहारी सार्बजनिक

काठमाडौ, साहित्यकार नवराज पौडेलको गजल सङ्ग्रह छहारी विमोचन भएको छ ।

पाल्पाको दर्छामा जन्मिएका साहित्यकार पौडेलको यो पहिलो कृति हो । नेपाल प्रहरीमा कार्यरत पौडेलको गजल संग्रहमा माया-प्रेम, देश, गरिबीलगायतका बिम्ब पाइन्छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानमा भएको सो पुस्तक विमोचन समारोहमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गजल सम्राट् ज्ञानुवाकर पौडेलले गजल लेख्ने संख्या बढ्दै गएको भय पनि उत्कृष्ट गजलको खाँचो अहिले पनि रहेको बताए । उनले कसैले मनमा भित्रबाट नै गजल लेख्छु भन्ने सोचे त्यो गजल राम्रो बन्ने उनको भनाइ छ । युुुव गजलकार पौडेलको गजलमा माया प्रेम, दुख , संघर्ष र जीवनमा भोगेका धेरै विषय समेटिएकोले तुलनात्मक रूपमा उत्कृष्ट गजल संग्रह भन्न सकिने उनले विश्वास गरे ।